निमास एजुकेशनले मनायो वार्षिकोत्सव

काठमाडौं । काठमाडौंको बागबजारमा रहेको निमास एजुकेशन प्रा.लि.ले बिहीबार वार्षिकोत्सव मनाएको छ । १२ वर्ष पुरा गरी १३औं वर्षमा प्रवेशको अवसरमा कम्पनीको कार्यालयमा शुभकामना आदानप्रदान लगायत विविध कार्यक्रम गरी वार्षिकोत्स्व मनाएको निर्देशक सरोज थापाले जानकारी दिए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा प्रमुख फटिक बहादुर केसीको प्रमुख आतिथ्यतामा कम्पनीले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा आइरिनका पूर्व अध्यक्ष उत्तम पन्त, प्रेम पाण्डे, फेकनका अध्यक्ष बासु नेपाल, पूर्व अध्यक्ष युबराज कटुवाल, आइरिनका उपाध्यक्ष रमा कँडेल, इक्यानका उपाध्यक्ष शेशराज भट्टराई, नेकाका अध्यक्ष सन्तोश प्याकुरेल लगायतका अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण विद्यार्थी, शुभेच्छुक तथा शुभचिन्तक लगायत सरोकारवाला सबैमा आभार तथा कृतज्ञता ज्ञापन गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई कम्पनीले परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । अष्ट्रेलिया, न्युजील्याण्ड, क्यानडा, अमेरिका, युके, चाइनामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक गीता रिजालले जानकारी दिइन् । ‘परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छौं,’ उनले भनिन् ।

footwear zone

निमास एजुकेशन आइएसओ ९००१–२०१५ सर्टिफाइड कम्पनी हो । अन्तर्राष्ट्रियस्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूहरुले काम गरिरहेको निर्देशक सरोज थापाले बताए । पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि निमास एजुकेशन रिकग्नाइस संस्था हो ।

‘विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुमा विद्यार्थी पठाउन सफल छौं,’ उनले भने । कम्पनीका प्रवन्ध निर्देशक गीता रिजाल फेकनको पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । शिक्षा मन्त्रालयको समन्वय समितिका सदस्य भएर पनि उनले काम गरिरहेकी छन् ।

यसैगरी, वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष छुट अफर सार्वजनिक गरेको छ । पिटिई तथा आईएलटिएसको कक्षा निःशुल्क हुने कम्पनीले जनाएको छ । विदेश जान चाहने विद्यार्थीको प्रोसेसिङ शुल्क पनि निःशुल्क हुने कम्पनीले जनाएको छ । यो अफर चैत ३१ सम्म लागु हुने बताइएको छ ।

You might also like

Comments are closed.