घुस लिएको अभियोगमा मुद्दा

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा पेश गरिएका उमानाथ खतिवडाले वकपत्र पेश गर्दा गलत मनसाय राखेको पाइएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय इलामका तत्कालीन डिभिजनल इञ्जिनीयर सुवास बस्नेतले घुस लिएको अभियोगमा विशेष अदालतमा नै मुद्दा चलिरहेको अवस्थामा सरकारी साक्षीको वकपत्रमा अन्यथा हुने गरी प्रतिकूल वकपत्र गरेको पाइएको छ ।

footwear zone

आयोगका अनुसार खतिवडाले झापा गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप कार्य गर्न बस्नेतले उपलब्ध गराएको बैंकको खातामा पटक पटक गरी रु ३७ लाख ५० हजार जम्मा गरेको पाइएको छ । आयोगले खतिवडा विरुद्ध सोही अनुसारको बिगो कायम गरी भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

You might also like

Comments are closed.