नेपाल हिमालय सीमापार वाणिज्य संघमा श्रेष्ठ, सम्पूर्ण कार्यसमिति निर्विरोध

काठमाडौं । नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा अशोककुमार श्रेष्ठ निर्वाचित भएका छन् । संघको निर्वाचन कार्यकालिताका अनुसार बुधबारसम्म अध्यक्षमा श्रेष्ठको मात्रै उम्मेदवारी परेको हो । श्रेष्ठसँगै सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएको संघले जनाएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा रामहरि कार्की, प्रथम उपाध्यक्षमा कुमार श्रेष्ठ, ४ जना उपाध्यक्षमा सुजित बस्नेत, सुरेश श्रेष्ठ, अर्जुन कार्की, नयनबहादुर पण्डित क्षेत्री निर्वाचित भएका छन् । महासचिवमा भरत कार्की, वरिष्ठ सचिवमा भक्तबहादुर पराजुली, ४ जना सचिवमा निरञ्जन कृष्ण श्रेष्ठ, बिनोद बस्नेत, रामचन्द्र पराजुली, ग्रिविन्द्र कुमार चौलागाईं, कोषाध्यक्षमा ओमनाथ घिमिरे र सहकोषाध्यक्षमा लालबहादुर बस्नेत (सिद्धान्त) निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा महेश्वर बस्नेत (महेश) रामचन्द्र थापा, विष्णुप्रसाद न्यौपाने, सुरेन्द्र बस्नेत, लाक्पा शेर्पा, आङदोर्जे शेर्पा, कृष्णबहादुर श्रेष्ठ, वाल्मिकी नाथ पराजुली (बलराम), सुब्बा श्रेष्ठ, क्षितिज गौतम, रामहरि भण्डारी, धर्मलाल श्रेष्ठ, सिंग बहादुर श्रेष्ठ, निमा लामा, सुमन श्रेष्ठ, छिरिङ फिन्जो लोप्चन, नारायणप्रसाद दाहाल, तुलसी राउत (श्याम) र प्रेमकुमार श्रेष्ठ निर्वाचित भएका हुन् ।

footwear zone

निर्विरोध निर्वाचित भएका सम्पूर्ण पदको औपचारिक घोषणा २१ गते हुने २१औं साधारणसभा तथा दसौं अधिवेशनबाट हुनेछ । संघको बर्तमान अध्यक्षमा बच्चु पौडेल हुन् ।

You might also like

Comments are closed.