नीति तथा कार्यक्रममा समावेश गर्ने विषयवस्तुका बारेमा सुझाव दिन माग

 

वाग्मती । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका लागि सुझाव दिन आह्वान गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गर्दै नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विषयवस्तुका बारेमा आफ्ना सुझाव दिन आम नागरिकसमक्ष अनुरोध गरेको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि नीति तथा कार्यक्रम तर्जुमा गर्ने कामको थालनी गरिसकेको जनाउँदै उक्त नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विषयवस्तुका बारेमा आफ्ना सुझाव दिन विभिन्न सङ्घसंस्था, स्थानीय तह, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चार जगत् तथा आम नागरिकसमक्ष सुझाव माग गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

footwear zone

नीति तथा कार्यक्रमका बारेमा दिइने सुझाव विसं २०७७ को चैत मसान्तभित्र कार्यालयले उपलब्ध गराएको विद्युतीय ठेगानामा पठाइसक्नुपर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.