बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको क्यालेन्डर बिमोचन

पोखरा ।बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले २०७८ सालको क्यालेन्डर बिमोचन गरेको छ ।

क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशब बहादुर खत्रीले बुद्ध विशाल बजारमाग्राहक बर्गलाई देखिएको पार्किङ समस्यालाई छिटै समाधान गर्नको लागी पहल गरीरहेको बताए । हाल रहेको पार्किङक्षेत्रलाई ग्राहक मैत्री पार्किङ क्षेत्र बनाइएको पनि उनले बताए । अध्यक्ष खत्रीले व्यावसायीको हकहितको लागी गठन गरिएको एसोसिएसन सधैं व्यवसायीको साथमा रहिरहने बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य सुदिप ढकालले संस्थालाई चलायमान बनाउनको लागी नियमित कार्यक्रमहरू गरिरहनु पर्ने बताए ।

footwear zone

बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका महासचिव ईन्द्रराज अर्यालले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य क्यालेन्डरप्रकाशन समितिका संयोजक तथा उपाध्यक्ष शिव शर्माले गरेका थिए भने धन्यवाद ज्ञापन एसोसिएसनका निर्वतमान अध्यक्ष प्रदिपकुमार मुल्मीले गरेका थिए ।

You might also like

Comments are closed.