सबै भन्दा बढि आयकर तिर्ने नबिल बैंक पाँचौं पटक सम्मानित

काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो ।

विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।

पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पा“चौ पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पु¥याएकोमा गर्व महसुस गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

footwear zone

‘बैंकले व्यापार प्रबद्र्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित छ । नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरुको लागि पायोनियर बैंक हो । बैंकको गतिविधिमार्फत अर्थव्यवस्थालाई उकास्ने मात्र गरेको छैन । जनताको जीवन यापन र उनीहरुको आर्थिक बृद्धिलाई समेत व्यापक पहुँच पुराइरहेको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैया“ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १ दशलमव ५ ‘टाइम्स’ बढी हो । नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पु¥याउ“दै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ । स्थापना भएदेखि हालसम्म बैंकले १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको हो ।

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरिसकेको छ । हालै ग्रोथ सेलरमार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

You might also like

Comments are closed.