निजी क्षेत्रसँगको सहकार्यले मात्र सरकार सफल हुन्छः ढकाल

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुने बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण समारोहलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीनवटै तहका सरकारले निजी क्षेत्रसँग सघन रूपमा सहकार्य गर्नु आवश्यक रहेको धारणा राखे।

ढकालले प्रदेश २ मा लगानीको अवसर पनि भएको र वातावरण पनि बन्दै गएको उल्लेख गर्दै यसमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न प्रदेश(२ सरकार र वीरगञ्ज उपमहानगरपालिकालाई आग्रह गरे ।

footwear zone

वीरगञ्जलगायत कतिपय स्थानीय तहका जनप्रतिनिधिको पृष्ठभूमि उद्योग व्यवसाय नै रहेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका समस्या बुझ्नसक्ने राजनीतिक नेतृत्व नै सफल हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले भिजन पेपर २०३० ल्याउन लागेको र त्यसमा आउँदो १० वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको आकार १ सय खर्ब पुर्याउने लक्ष्य राखिएको जानकारी दिँदै यसको कार्यान्वयनका लागि वीरगञ्ज उद्योग वाणिज्य संघजस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।

व्यावसायिक मुद्दामा वीरगञ्ज उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको उनले बताए ।

You might also like

Comments are closed.