काठमाडौं । वाग्मती प्रदेश हस्तकला संघको अध्यक्षमा होमनाथ उपाध्याय चयन भएका छन् । महासंघको शनिबार सम्पन्न प्रथम साधारणसभाले उपाध्यायको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति चयन गरेको हो । २ सदस्य समितिले मनोनित गर्नेछ ।
समितिको उपाध्यक्षमा कमला सुवेदी, नवीन शाक्य, महासचिवमा अवानिश प्रधानाङ्ग, कोषाध्यक्ष मोनिका कायस्थ, सचिव अनुप मानन्धर, चयन भएका छन् ।
त्यसैगरी सदस्यमा पार्वती खड्का, मनविर वि.क, लक्ष्मी श्रेष्ठ, वशुमाया तामाङ, मञ्जु लामा, बुद्धिमाया घले र चुडा लामा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष उपाध्याय संघको संस्थापक तथा निवर्तमान अध्यक्ष समेत हुन् ।




Comments are closed.