पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा प्रधान

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका थिए। शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीन श्रेष्ठसहितको प्यालनलाई हराउँदै प्रधान नेतृत्वको प्यानल निर्वाचित भएको हो । प्रधान हाल (निर्वाचनअघि) एशोसिएशनको अध्यक्ष हुन् ।

वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोदकुमार चौरसिया, द्वितीय उपाध्यक्ष सुनिलकुमार विडला, सचिवमा हिमाल गैरे र सहसचिवमा श्यामकुमार बुढाथोकी निर्विरोध निर्वाचित भएका हुन् ।

footwear zone

यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया निर्वाचित भएको एशोसिएशनले जनाएको छ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन पदका लागि मतदान भएको थियो । यस्तै कार्यकारी सदस्य (नेपालभरबाट) मा भूपालराज कटुवाल, बाबुराम जमरकट्टेल, चन्दनकृष्ण श्रेष्ठ, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, गोकर्णराज खड्का, हरिराम कसौधन र ईश्वर लामा निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.