सफ्टवेरिका कलेजका चार सय विद्यार्थी दिक्षित

काठमाडौं। नेपालमा दस बर्षदेखि उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आईटी एण्ड इ–कमर्सको २०१९/२० को दिक्षान्त समारोह सम्पन्न भएको छ।

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्टवारिका कलेजका क्म्प्युटिङ बिषयमा स्नातक गर्ने ४ सय विद्यार्थी दिक्षित भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।

कार्यक्रममा बोल्दै ब्रिटिस राजदुतावासको इन्टरनेसनल ट्रेड बिभागका प्रमुख सुबास थापाले सफ्ट्वेरिका कलेजले नेपालमै अन्तर्राष्ट्रिय डिग्री प्रदान गरेर नेपालको शैक्षिक बिकासमा महत्वपूर्ण योगदान दिएको बताए।

footwear zone

कलेजले औपचारिक अध्यापन बाहेक सिस्को सर्टिफाईड कोर्स, सर्टिफाइड एथिकल ह्याकिंग कोर्स, आईबीएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आईटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत संचालन गरिएको छ।

You might also like

Comments are closed.