नाडालाई महासंघको उत्कृष्ट बस्तुगत संघको सम्मान

काठमाडौं । अटो व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधरणसभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसरमा शनिबार नाडालाई सम्मान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललाई सम्मान गरेका हुन् । महासंघको उत्कृष्ट बस्तुगत संघको रुपमा नाडाले सम्मान प्राप्त गरेको हो ।

व्यापार क्षेत्रमा गरेको उत्कृष्ट कार्य तथा संस्थाका सदस्यहरुको मनोबल बढाउने गरी भएका कामको मूल्यांकन गर्दै महासंघले नाडालाई सम्मान गरेको बताइएको छ । सम्मानले आफूहरु उत्साही भएको नाडाका अध्यक्ष दुलालले बताए ।

footwear zone

‘नाडाले व्यावसायिक क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको छ,’ दुलालले भने, ‘निजी क्षेत्रको छाता संस्थाबाट यो सम्मान पाउँदा हामी उत्साही भएका छौं ।’

You might also like

Comments are closed.