पोखरा । पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रा.लि (लाइफकेयर ल्याब) र नेपाल औषधी व्यवसायी संघ, कास्कीबीच छुट सम्झौता भएको छ । सम्झौतापत्रमा लाइफ केयरका प्रवन्ध निर्देशक शुक्रराज कडेंल र औषधी व्यवसायी संघ कास्कीका अध्यक्ष विक्रम पन्तले हस्ताक्षर गरेका छन् ।
सम्पूर्ण औषधी व्यवसायीलाई ल्याव परीक्षणमा ३० प्रतिशतसम्म छुट दिने निर्णय गरेको ल्यावका प्रवन्ध निर्देशक कडेंलले जानकारी दिए । ल्यावका प्रबन्ध निर्देशक कंडेलले स्वास्थ्य क्षेत्रमा कार्यरत व्यवसायीसँग हातेमालो गरेर काम गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्ने बताए ।
औषधी व्यवसायीलाई छुट दिएकोमा खुसी लागेको औषधी व्यवसायी संघ कास्कीका अध्यक्ष पन्तले बताए । अध्यक्ष पन्तले संघले व्यवसायसँगै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने कुरालाई मध्य नजर गर्दै सम्झौताले व्यवसायीलाई स्वस्थ्य तन्दुरुस्त राख्न टेवा पुग्ने विश्वास व्यक्त गर्दै पन्तले ल्यावलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा वोल्दै कडेंलले रगतमा गरिने सबै जाँचहरु जस्तै, थाइराइड, हर्मोन, भिटामिन डि, बि १२, क्यान्सर सम्बन्धी जाँच, सिइए, सिएवान २५, एएफपि, पिएसए लगायतका परीक्षण लाइफ केयरमा हुँदै आइरहेको जानकारी दिए । संक्रमण सम्बन्धी हेपाटाइटिस, एचआइभी, टिभी, इन्फ्एन्जा, डेङगु, मलेरिया, कोभिडको परीक्षण पनि हुन्छ, उनले भने ।
पोखरामा आयोजित कार्यक्रममा नयाँ बर्ष २०७८को शुभकामना आदान प्रदान पनि गरिएको थियो ।




Comments are closed.