पोखरा । ग्रामीण पर्यटनलाई टेवा पु¥याउने उद्धेश्यले बुद्ध विशाल बजारका व्यापारिक एसोसिएसनको कार्यसमितीले कास्कीको पर्यटकीय गाँउ ताङतिङको अवलोकन भ्रमण गरेको छ ।
बुद्ध विशाल बजारका व्यापारिक एसोसिएसनको कार्यसमितीलाई स्वागत गर्दै हिमालय मिलन मा.विका प्र.अ तथा पर्यटन अभियन्ता ओम प्रकाश गुरुङले ताङतिङलाई माया गरेर यसरी व्यवसायीहरु गएकोमा आभार व्यक्त गरे ।
कार्यक्रममा वोल्दै बुद्ध विशाल बजारका व्यापारिक एसोसिएसनका अध्यक्ष केशव वहादुर खत्रीले ताङतिङ गाँउमा बुद्ध विशाल बजार पोखराका व्यवसायीलाई होमस्टे समिति, स्थानिय आमा समुहले गरेको सम्मानलाई कहिल्यै भुल्न नसक्ने वताउदै गाँउको विकास लगाएत अन्य कार्यहरुमा बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनसँग सहकार्य गरेर अगाडी वढ्न चाहेको बताए ।

कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष शिव शर्मा, अवलोकन भ्रमण कार्यक्रमका संयोजक शान्ती आचार्य लगायतले बोलेका थिए ।




Comments are closed.