लाइफ केयर र सुनौलो भविष्य सहकारीबीच छुट सम्झौता

सहकारीले दियोे भोजन र मानसिक स्वास्थ्यका बिषयमा प्रशिक्षण

पोखरा । पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब) र पोखरा १० रामाघाटमा रहेको सुनौलो भविष्य महिला बचत तथा ऋण सहकारी संस्थाबीच सेवामा छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा लाइफ केयरका प्रवन्ध निर्देशक शुक्रराज कडेंल र सहकारीका अध्यक्ष कलावती शर्माले हस्ताक्षर गरेका छन् ।

सहकारीका सदस्यले ल्याव परीक्षण गर्दा ३० प्रतिशत सम्म छुट दिने सम्झौता गरेको ल्यावका प्रवन्ध निर्देशक कडेंलले जानकारी दिए । कार्यक्रममा वोल्दै सहकारीका अध्यक्ष शर्माले ल्यावले छुट सम्झौता गरेकोमा खुसी व्यक्त गरिन् । सहकारीले नाफा भन्दापनि महिलालाई लक्षित गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको र सचेतना वृद्धि तथा स्वास्थ्य सम्वन्धी विभिन्न कार्यक्रम गरिरहेको बताइन् ।

सो अवसरमा वोल्दै कडेंलले रगतमा गरिने सबै जाँचहरु जस्तै, थाइराइड, हर्मोन, भिटामिन डि, बि १२, क्यान्सर सम्बन्धी जाँच, सिइए, सिएवान २५, एएफपि, पिएसए लगायतका परीक्षण लाइफ केयरमा हुँदै आइरहेको जानकारी दिए । संक्रमण सम्बन्धी हेपाटाइटिस, एचआइभी, टिभी, इन्फ्एन्जा, डेङगु, मलेरियाको परीक्षण पनि हुन्छ, उनले भने ।

footwear zone

सहकारी र रामघाट महिला समुह १०/१२ले न्युट्री फुडको प्राविधिक सहयोगमा मा भोजन र मानसिक स्वास्थ्यका बिषयमा प्रशिक्षण कार्यक्रम पनि गरेको छ । कार्यक्रममा सात्विक न्युट्री फुडका डा. केशव भट्टराई र डा सुदासी भट्टराईले सन्तुलित भोजन सम्वन्धी जानकारी गराएका थिए ।

सहकारीका अध्यक्ष कलावती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विमला सापकोटा शर्मा र संचालन सचिव प्रतिभा न्यौपानेले गरेका थिए । सहकारीका लेखा संयोजक सरिता के.सीले मानसिक स्वास्थ्यका वारेमा प्रष्ट पारेकी थिइन् ।

You might also like

Comments are closed.