संक्रमणरहित उडानको प्रतिबद्धता

काठमाडौं । कोभिड–१९ महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले संक्रमणरहित उडानका लागि सुरक्षा निर्देशिका कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

कोभिड महामारीको जोखिम बढेपछि एयरलाइन्सले मंगलबार विज्ञप्ति जारी गर्दै उडान सेवामा स्वास्थ्य सुरक्षा सतकर्ता अपनाउँदै कोभिडविरुद्धका सुरक्षा निर्देशिका प्रभावकारी कार्यान्वयन गर्ने जनाएको हो । अहिलेको संवेदनशील अवस्थामा सुरक्षित उपाय भनेकै मास्क, स्यानीटाइजरको प्रयोग तथा सामाजिक दूरी हो भन्दै कम्पनीले यसको पालना अझै केही वर्षसम्म गर्नुपर्ने देखिएकाले सजकता अपनाउन सरोकारवालालाई आग्रह पनि गरेको छ ।

आन्तरिक वायुसेवालाई सङ्क्रमणरहित बनाउन बुद्ध एयरले शुरुआतमै कोभिडविरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाइ यसका सम्पूर्ण कर्मचारीलाई सुरक्षा तालीम, जनजागरण तथा पिपिई प्रदान गरेको र हालका दिनमा पनि जारी राखेको कम्पनीले जनाएको छ ।

footwear zone

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले सङ्क्रमणरहित हवाई यात्राको लागि कम्पनी प्रतिबद्ध रहेको बताए । उनले भने, “सङ्क्रमणरहित उडानका लागि कम्पनी प्रतिबद्ध छ, यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइजको प्रयोग अनिवार्य बनाएको छौं ।” हरेक उडानको यात्रु डेटावेश कम्प्युटरकृत गरिएको र सरोकारवाला निकायले मागेको खण्डमा कम्पनीले तत्कालै उपलब्ध गराउने र यसले करोना रोकथाममा सहयोग पुग्ने निर्देशक जोशीको विश्वास छ ।

एयरलाइन्सका सबैजसो कर्मचारीले करोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन् । अब दोस्रो डोज वैशाख १० गतेभित्र लिइसक्ने विज्ञप्तिमा जनाएको छ । बुद्ध एयर पूर्ण सुरक्षित रहेको, यात्रुहरू सुरक्षित उपाय अपनाइ ढुक्क भएर यात्रा गर्नसक्नेछन् भनिएको छ । हवाई उडान पुनः शुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको र स–साना पसलदेखि ठूलाठूला होटल, पर्यटकीय यातायात तथा गतिविधि सञ्चालन भएको कम्पनीले उल्लेख गरेको छ ।

अहिले पुनः ठूलो जनशक्तिले रोजगार पाइरहेकाले उडान सहज सरल र सङ्क्रमणरहित बनाउन यात्रुको पनि उत्तिकै भूमिका रहेको हुँदा निर्देशिका पालना गर्न बुद्ध एयरले अनुरोध गरेको छ ।

You might also like

Comments are closed.