युनाईटेड क्लवद्वारा लागुऔषध सचेतना कार्यक्रम

पोखरा । युनाईटेड क्लवको ११ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन शुक्रबार कालिका माविमा लागुऔषध सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवले वार्षिकोत्सव वैशाख ७ लाइ लक्षित गरी १ गतेदेखी साताब्यापी कार्यक्रमलाई जारी राखेको छ ।

जस अन्तर्गत शुक्रबार तेश्रो दिन कालिका मावि राम बजारमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी लागुऔषध सचेतना कार्यक्रम गरिएको हो । सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर १० का कार्यवहाक अध्यक्ष सम्मर बहादुर श्रेष्ठले विद्यार्थीहरु सिकाइको माध्यामबाट अगाडि वढ्ने उमेर भएकाले खराव चिज सिक्ने र खराब व्यक्तीको संगत गर्न नहुने वताए ।

सचेतना कार्यक्रममा सिकेको कुरालाई मनन गर्दै आफनो घरपरिवारमा समेत लागुऔषधको बारेमा छरछिमेकमा विद्यार्थीहरुले जानकारी दिन सके यसको न्युनिकरणमा उल्लेख्य भुमिका खेल्ने उनको भनाइ थियो ।

footwear zone

सो अवसरमा वोल्दै कालिका माविका प्रध्यानाध्यापक वलराम गिरीले विद्यार्थीहरुले सचेतना कार्यक्रममा सिकेको कुरालाई ब्यवहारमा उतार्दै खराब काममा लाग्नुभन्दापनि आफ्नो पढाइतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक होत बहादुर रोकाले विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसनीको कारण, यसको असर र रोकथामको वारेमा जानकारी दिएका थिए ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रम संयोजक क्लवका सदस्य पूर्ण श्रेष्ठले धन्यवाद मन्तब्य व्यक्त गरेका थिएभने कार्यक्रमको सञ्चालन क्लवका महासविच शान्त बहादुर थापाले गरेका थिए ।

You might also like

Comments are closed.