सुरक्षित यात्राको लागि यती एअरलाइन्सले गर्यो यात्रुमा अनुरोध

काठमाडौं ।कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले यति एअरलाइन्सले सुरक्षित यात्राको लागि यात्रुमा बिशेष अनुरोध गरेको छ ।

वृद्ध, दीर्घ रोगी र गर्भवती महिलालाई सकेसम्म यात्रा नगर्न अनुरोध भनिएको छ भने कोभिड–१९ का संक्रमित तथा यसका लक्षण भएका व्यक्तिहरुलाई यात्रामा प्रतिबन्ध लगाएको छ । हरेक यात्रुहरुले विमानस्थलबाट यात्रा गर्नु अगाडि ccmc.gov.np वेब साइटमा भएको नेपालमा आन्तरिक उडान गर्ने व्यक्तिले भर्नुपर्ने फाराम भरी प्राप्त हुने कोड नं. लिएर वा एअरलाइन्सले विमानस्थलमा उपलब्ध गराउने स्वःघोषणा फारम अनिवार्य भरी चेक-ईन काउण्टरमा बुझाउन एअरलाइन्सले अनुरोध गरेको छ ।

विमानस्थलको विभिन्न प्रक्रिया कार्यान्वयनमा समय लाग्ने हुँदा उडानभन्दा साढे एक घण्टा अगाडि नै विमानस्थलमा पुग्न अनुरोध गरिएको छ । यात्रुहरुले शरीरको तापक्रम चेक जाँच गरी स्यानिटाईजर प्रयोग गरेर मात्र विमानस्थल र वायुयानमा प्रवेश गर्नुपर्ने छ भने विमानस्थल र वायुयानमा रहँदा अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।

footwear zone

यात्राको क्रममा विमानस्थलमा भौतिक दुरी कायम गर्न अनिवार्य गरिएको छ भने यात्रुहरुलाई क्याविनमा सानो हाते झोला बाहेक अन्य झोलाहरु लैजान निषेध छ । विमानबाट घरपालुवा जनावरहरु ओसारपसार गर्न रोक लगाइएको र विमान भित्र शौचालयको प्रयोग गर्न, सिटमा बसिसकेपछि हिँडडुल गर्न र अनावश्यक रुपमा जथाभावी छुन रोक लगाइएको एअरलाइन्सका प्रवक्त सुदर्शन बर्तौलाले जानकारी दिए ।

संक्रमण न्यूनीकरणका लागि यती एअरलाइन्सको विभिन्न प्रयास रहेका छन् । यात्रुहरुको लगेज तथा सामान निसंक्रमण गरेर मात्र विमानमा लोड गरिनेछ भने वायुयानको क्याबिन, ¥याम्प बस, ब्यागेज ट्रली प्रत्येक प्रयोगपश्चात् निसंक्रमण गरिन्छ ।  यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने र ओराल्ने व्यवस्था मिलाइएको छ ।   विमानस्थलमा कार्यरत कर्मचारीहरुको लागि आवश्यकतानुसार भाइजर, मास्क, पञ्जा र PPE -SET लगाउन अनिवार्य गरिएको छ ।

You might also like

Comments are closed.