समता काव्य सन्ध्याको ३३५औं शृङखला सम्पन्न

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा प्रत्यक महिनाको पहिलो शनिवार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३५ औं शृङ्खला सम्पन्न भएको छ । परिवारले कोभिड–१९ को असर मा पनि पोयुसाँपले समता काव्य सन्ध्यालाइ निरन्तरता दिंदै ११ ओटा शृङ्खला भर्चुअल माध्यमबाट गरिसकेको छ ।

एका बिहानै झिसमिसेमा
एउटा ड्याङग्रे चरो
अनि म
शहर छिरेका थियौं
फर्किने बेलामा
हामी नदिकिनारमा भेटियो
मैले देखें
उसको चुच्चो रित्तो थियो
उसले देख्यो
मेरो हात रित्तो थियो
आखिर
केहि त थियो
फर्कनु पर्ने बाध्यता
उसका
एक जोडि बचेराहरु
मेरा
एक जोडि माउहरु

कलाकार शरद भण्डारीको ‘पिता र पुत्र’ शीर्षकको कविता सुनेपछि कार्यक्रमका अतिथि कवि ईश्वरमणि अधिकारीले भने रङ्गहरुसँग खेल्ने एउटा राम्रो कलाकारले जव अक्षरहरुसँग खेल्छ तव यस्तै राम्रा कविता बन्छ ।

footwear zone

आज साँच्चै कविताको अघोषित पाठशाला जस्तै लागेको परिवारका अध्यक्ष मोती भुजेलले बताए । ‘जव पाठशालामा बसिन्छ एक अर्काका रचना सुन्ने र सुनाउने काम अन्तसम्म गरिन्छ,’ उनले भने ।

अग्रज र अनुजहरुले आफ्ना रचनाहरु सुनाउने समता काव्य सन्ध्यामा कवि ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, रिता अधिकारी, शिव त्रिपाठी, चैतन्य अधिकारी, चन्द्रवती वाग्ले, लक्ष्मी थापा, कौशल चन्द्र जी.सी., बिष्णु गुरुङ ‘एकता’, शरद भण्डरी, रोशन तिमिल्सिना, दीपेन्द्र पहारी लगायतका कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।

परिवारका साहित्य संयोजक रिता अधिकारीले स्वागत मन्तव सहित रचना वाचन गरेकी थिइन् । संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पोयुसाँपका सह सचिव शिव त्रिपाठीले गरेका थिए ।

You might also like

Comments are closed.