काठमाडौं । अन्तर्राष्ट्रिय होटल ‘काठमाडौं म्यारियट होटल’ले आफ्नो दोस्रो वार्षिकोत्सव आइतबार मनाएको छ । होटलले नेपालका आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
वार्षिकोत्सवको अवसरमा होटलले विशेष छुटसहितको प्याकेज सार्वजनिक गरेको छ । यही अप्रिल अन्त्यसम्म लागु हुने गरी नेपाली १२ हजार ११ रुपैयाँको प्याकेज होटलले सार्वजनिक गरेको हो । एक रातको उक्त प्याकेजमा ब्रेक फास्ट र लन्च समावेश गरिएको छ ।
होटलले पाहुनाका लागि उत्तम सेवा प्रदान गर्ने क्रममा निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेको जनरल म्यानेजर फाबियन मार्टिनेजले बताए । ‘यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ, यद्यपि हामी हाम्रा सहयोगीहरु र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौं,’ उनले भने ।

कोभिड महामारीलाई मध्यनजर गरी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित सुरक्षित वातावरणमा सेवा प्रदान गरिरहेको मार्टिनेजले बताए । ‘काठमाडौं म्यारियट होटलले महामारीको समयमा पनि अतिथिहरुलाई सुरक्षित वातावरणमा निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ,’ उनले भने ।
दुई वर्षको दौडमा होटेलले काठमाडौँका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यंजनहरु प्रस्तुत गर्दै आइरहेको छ । पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ । यसको बाहिरी सेटिङ र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको छ ।
थप रुपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यव्रmमहरु जस्तै वाक फर वाम्र्थ, थ्याँक्सगिभिंग डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।




Comments are closed.