ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार, चुक्ता पूँजी ४३ करोड १७ लाख

काठमाडौं । बेसीशहर –८, लमजुङ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरा –२६, कास्की केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति पश्चात् ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार शुरु भएको छ । बुधबार देखि वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा –२६, कास्कीबाट एकीकृत वित्तीय कारोबार शुरु गरिएको हो ।

एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पूँजी ४३ करोड १७ लाख २० हजार ४ सय ११, कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार, निक्षेप÷बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६ सय २० रहेको छ । ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान भईरहेका छन् । साथै, वित्तीय संस्थाको कुल ग्राहक सदस्यहरु १ लाख २३ हजार४ सय १३ जना छन् । ६३ हजार २ सय ९० जना ऋणी सदस्यहरुले विभिन्न शीर्षक अन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा डुप्लीकेसन समस्या रहेको र त्यसको निराकरणको उपाय मध्येको एक उपाय मर्जर तथा प्राप्तिले डुप्लीकेसनमा कमी हुने बताए ।

footwear zone

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. संचालक समितिका अध्यक्ष बुद्धि अकेलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले गरेका थिए । संयुक्त प्राप्ति समितिका संयोजक एवं वित्तीय संस्थाका सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।

You might also like

Comments are closed.