म्याद अगावै ठेक्का सम्पन्न हुँदै

टिस्टुङ । सम्झौताको म्याद अगावै मकवानपुरको हात्तीसुँढे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको विवेक विनिता निर्माण सेवाले ठेक्का पाएका अन्य निर्माणका दुई काम पनि सम्झौता अगावै सम्पन्न गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीमा २९८ मिटर स्लाब ढलान र वाग्मती गाउँपालिका–५ बगेरीमा ८०३ घनमिटर जाली भर्ने काम म्याद अगावै सम्पन्न गरिएको विवेक विनिता निर्माण सेवाका प्रबन्धक विवेक बोलखेले जानकारी दिए ।

वाग्मती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको करीब रु ४५ लाखमा ठेक्का पाएको हेटौँडा–१२ स्थित विष्णुचोक–खोराङ स्लाब ढलानको सम्झौता म्याद २०७८ साल असार २२ गतेसम्म छ ।

footwear zone

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको रु २० लाख बजेटमा सम्पन्न गर्नुपर्ने वाग्मती–५ स्थित बगेरी बस्ती बचाउ कार्यक्रमको म्याद २०७८ साल असार ३० गतेसम्म तोकिएको छ । दुवै ठेक्काअन्तर्गत निर्माण कार्य सम्पन्न भइसकेको र अब हस्तान्तरणको काम मात्र बाँकी रहेको निर्माण कम्पनीका सञ्चालक राजनप्रसाद बोलखेले बताए ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा उक्त कम्पनीले बकैयामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिरहेको छ । त्यसैगरी मकवानपुरगढी गाउँपालिका–५ को सामुदायिक भवन पनि तीव्र गतिमा निर्माण भइरहेको प्रबन्धक बोलखेले बताए ।

You might also like

Comments are closed.