दीपक श्रेष्ठ, गोरखा । गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन श्यया नहुँदा कोरोना संन्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता बनेको छ । पछिल्लो समय सङ्क्रमण बृद्धिभएपछि बिरामीहरुलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नुपरेको हो ।
६ श्यया मात्र आइसोलेशन रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । “दुई श्ययामा महिला र चार श्ययामा पुरुष संन्क्रमित छन्, उनीहरुसबैलाई अक्सिजन दिनुपर्छ । थप बिरामीलाई भर्ना गर्नसक्ने अवस्था छैन ।”
ती बिरामीमा ज्वरो आउने र अक्सिजनको मात्रा घटेको पाइएको छ । अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नभएपछि अस्पतालले अक्सिजनदिनु नपर्ने बिरामीहरुलाई भने होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाउने गरेको छ ।

दोस्रो चरणको संन्क्रमण शुरु भएपछि अहिलेसम्म जिल्ला अस्पतालमा २४ संन्क्रमित उपचार गराउन आएकोमा छ जना बाहिरी जिल्लाबाट उपचारका लागि रिफर गरिएको छ । यसैगरी १२ जना उपचारपछि निको भएर घर फर्किएको उनले जानकारी दिए । साेमबारबिहान थप पाँच जना बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने भएपछि अस्पताल बाहिर नै राखेर संन्क्रमितको उपचार थालिएकोे उनको भनाइ छ । जिल्ला अस्पतालमा बाहेक आइसोलेसन श्यया निर्माण गरिएको छैन ।
आइसोलेसन श्यया नहुँदा उपचारकालागि सम्भव भएका बिरामीलाई समेत अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आइसोलेसनको अभाव भएपछि अस्पतालको नयाँ बन्दै गरेको भवनमा तत्कालका लागि ३० श्ययाको आइसोलशन निर्माणको प्रयास भइरहेको सूचना अधिकारी ढकालले जानकारी दिए । अस्पतालको ओपिडी कक्ष नजिकै नयाँभवन बन्दै गरेको छ । “भवननिर्माणको सबै काम त सम्पन्न भएको छैन”, उनले भने, “तत्कालकालागि एउटा ब्लगमा ३० श्ययासम्मको आइसोलेशन निर्माण गर्न सकिन्छ कि भनेर पहलगरिरहेका छौ ।”जिल्ला अस्पताल भित्र आइतबारसम्ममा सक्रिय संन्क्रमितको संख्या ३५० जना पुगेको स्वास्थ्य कार्यालका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।




Comments are closed.