नेप्से स्थिर रहँदा १२ वटा कम्पनीको नाफामा सर्किट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से स्थिर रहेको छ । बुधबार नेप्से परिसूचक ०.५६ अंकले मात्रै बृृद्धि भएर २६७३.८८ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्से स्थिर रहेपनि १२ वटा कम्पनीको नाफामा भने सर्किट लागेको छ । बुधबार सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक र अंखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ ।

बोटलर्स नेपाल (तराई), बिशाल बजार कम्पनी, रुरु जलविद्युत, समता घरेलु लघुवित्त, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेपाल इन्फास्टक्चर एण्ड डेभलपमेन्ट लि., दिव्यश्वरी हाइड्रोपावर, युनिलिभर नेपाल लि., जोशी हाइड्रोपावरको मूल्य करिब १० प्रतिशतले बृद्धि भएको छ ।

footwear zone

बुधबार २१५ वटा कम्पनीको ६२ हजार ९ सय ७२ पटकको सेयर खरिद बिक्रीमा ५ अर्ब ३२ करोड कारोबार भएको छ । अघिल्लो दिन मंगलबार नेप्से परिसूचक २७.४७ अंकले बृद्धि भएको थियो ।

You might also like

Comments are closed.