अक्सिजन समस्यामा नेपाललाई सघाउन अमेरिकाद्वारा थप सहयोगको घोषणा

 

काठमाडौं । कोभिड–१९का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले नेपाल सरकारलाई थप रु ३२ करोड १७ लाख ५० हजार उपलब्ध गराउने घोषणा गरेको छ । अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिण्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा भरथेग गर्न अमेरिकाले थप सहयता रकम उपलब्ध गराउने आज घोषणा गरेको यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

आज घोषणा भएको थप सहायता रकमसँगै अमेरिकी सरकारले नेपालमा कोभिड–१९ को सङ्क्रमण शुरुभएयताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, दैवी विपत्ति सहायता तथा नागरिक सहायता कोषबाट चिकित्सा तथा स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, कोरोना भाइरस सङ्क्रमण परीक्षण उपकरण, हातधुनेस्थल निर्माणलगायत कोभिडविरुद्धका नेपाल सरकारका प्रयासमा रु ६७ करोड ८६ लाख प्रदान गरिसकेको पनि उक्त दूतावासले जनाएको छ ।

footwear zone

यही वैशाख २९ गते अमेरिकाले अत्यावश्यक स्वास्थ्य उपकरण कोभिड–१९ सङ्कट समन्वय तथा व्यवस्थापन केन्द्र (सीसीएमसी_ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

You might also like

Comments are closed.