१७० सिलिण्डर मौज्दात

 

दमौली । तनहुँ जिल्लामा १७० अक्सिजन सिलिण्डर मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोभिड सङ्क्रमित दिनदिनै बढेको र कुनै पनि बेला अक्सिजन चाहिन सक्ने भएकाले स्थानीय तहले अक्सिजनको व्यवस्थापन गरेका छन् । तर उक्त सङ्ख्या अझ पनि पर्याप्त रहेको छैन ।

footwear zone

भानु नगरपालिकामा तीन, दमौली अस्पतालमा ३०, शुक्लागण्डकी नगरपालिकामा सात, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ५५, भिमाद नगरपालिकामा १०, म्याग्दे गाउँपालिकामा १०, घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा तीन, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा २३ र आँबुखैरेनी गाउँपालिकामा १६ थान अक्सिजन सिलिण्डर व्यवस्थापन गरिएको छ ।

You might also like

Comments are closed.