जोन्टा क्लव अफ काठमाडौंद्वारा परोपकार अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

काठमाडौं । कोभिडका केसहरुमा भर्खरको वृद्धिले देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखा परेको छ । यो अवस्था विशेष गरी गर्भवती र भर्खरका आमाहरु जो कोभिडबाट संव्रmमित छन् उनीहरुको लागि गम्भीर रहेको छ ।

कोभिड संव्रmमणको संख्यामा बढ्दै गएसँगै अनुरुप जोन्टा क्लव अफ काठमाडौंले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रसुुतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । अस्पतालका हेड कोभिड वाड इन्चार्जलाई हस्तान्तरण गरिएको हो ।

अप्रिल २०२० मा पहिलो लकडाउनको व्रmममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण सहित जोन्टाले कोभिडको विरुद्ध लडाईमा लिएको यो धेरै मध्यको एक पहल हो ।

footwear zone

जोन्टा क्लवअफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले भनिन् “महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ हामी आशावादी छौं कि यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्ने छ ।“

You might also like

Comments are closed.