कोभिड हस्पिटललाई कवाडी संघले १० बेड सहयोग गर्ने

पोखरा । कास्की जिल्ला कवाडी संघले कोभिड हस्पिटललाई १० वटा बेड सहयोग गर्ने भएको छ ।

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल र पोखरा महानगरपालिकाको अग्रसरतामा पोखराको लेखनाथमा स्थापना हुन लागेको कोभिड हस्पिटललाई संघले सहयोग गर्ने निर्णय गरेको अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमण दिनप्रति बढिरहेको सन्दर्भमा कोभिड हस्पिटल आवश्यक भएको र लेखनाथमा कोभिड हस्पिटल बन्न लागेकाले संस्थाले सहयोग गर्ने निर्णय गरेको संघका सचिव सुरेश प्रसादले बताए ।

footwear zone

साविक लेखनाथ नगरपालिकाको भवनमा सय बेड क्षमताको कोभिड केयर बेड तथा अक्सिजन हाई फ्लो मेसिनसहितको हस्पिटल बनाउन लायन्स र महानगरपालिकाले अग्रसरता लिएको छ ।

You might also like

Comments are closed.