महामारीमा काँग्रेसको सक्रियता, गाउँगाउँबाट कोभिड बिरामी बोक्न एम्बुलेन्स सेवा निःशुल्क

पोखरा । नेपाली काँग्रेस कास्कीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीका सबै इकाइलाई समस्यामा परेकाहरुलाई अस्पतालसम्म ल्याउनका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् । ‘संक्रमितका लागि नै एम्बुलेन्स सेवा हो, सभापति केसीले भने, ‘समस्यामा परेकाको सहयोगमा जुट्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्दछु ।’

पोखराको चाउथेबाट शनिबार साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । हिमालय अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेण्टलकी प्रवन्ध निर्देशक एवं नेपाली काँग्रेस महिला विभाग सदस्य मीलन थापा र अध्यक्ष ध्रुव थापाले एम्बुलेन्सका लागि दुई वटा फोर्स गाडी उपलब्ध गराएका हुन् ।

footwear zone

एम्बुलेन्सका रुपमा पार्टीले ग.३.च ८८२ र ग.३.च २२६० नम्बरका गाडी संचालन गरेको छ । एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिहरुले पार्टी सचिव देवेन्द्र रानाभाटको मोबाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरि समन्वय सकिने छ । कास्की काँग्रेसको वैशाख २६ गतेको बैठकले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो ।

र यो पनि,

कोभिडका बिरामी बोक्न फोर्सका जिप सहयोग

You might also like

Comments are closed.