पोखरा । पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको अग्रसरतामा बन्न लागेको कोभिड हस्पिटललाई पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसन कास्कीले सहयोग गर्ने भएको छ । संस्थाका तर्फबाट कोभिड हस्पिटललाई १ लाख ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको अध्यक्ष ऋषि गिरीले जानकारी दिए ।
कोभिड संक्रमण बढिरहेको अवस्थामा कास्कीको लेखनाथमा सय बेड क्षमताको हस्पिटल बन्दैछ । ‘कोभिड हस्पिटललाई सहयोग गर्न पाउँदा हामी खुसी छौं,’ गिरीले भने ।
यस अगाडि एसोसिएसनको पहलमा अक्सिजन सिलिन्डर संकलन गरि रोटरी क्लबले स्थापना गरेको अक्सिजन बैंक (जीवनको आशा)मा १४ वटा बुझाइएको अध्यक्ष गिरीले जानकारी दिए । ‘जिल्ला प्रशासनमा पनि ११ वटा सिलिण्डर बुझाएका छौं,’ उनले भने ।






Comments are closed.