लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा नेतृत्व विकास तालिमको आयोजना

लेखनाथ १२ , भदौ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा दुई दिने नेतृत्व विकास तालिम एक औपचारिक कार्यक्रम गरि यहि भाद्र १२ गते मंगलवार देखि संघको सभाकक्षमा आयोजना भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं तालिम व्यवस्थापन समितिका सभापति जानुका अधिकारीको अध्यक्षतामा आयोजना गरिएको समुद्घाटन कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य बावुराम गिरी लगायतले महिला उद्योगी व्यवसायीहरुमा नेतृत्व विकासको महत्व र उपलव्धिका बारे बताउदै आफुहरुले संचालन गरिएका व्यवसायलाई यस तालिमबाट फाइदा पुग्ने हुदाँ सम्पुर्ण तालिम सहभागिहरुलाई कुनै किसिमको सङकोच विना तालिममा बढि भन्दा बढि सक्रिय सहभागिता जनाई नेतृत्व विकास गरि क्षमता विकास गर्न सवैलाई अनुरोध गरेका छन् ।

footwear zone

दुई दिनसम्म संचालन हुने नेतृत्व विकास तालिममा ५६ जना व्यवसायीहरुको सहभागिता रहेको छ भने बरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले तालिममा प्रशिक्षण दिएका छन् । तालिम व्यवस्थापन समिति सदस्य सोमनाथ बास्तोलाले संचालन गरेकोे उक्त कार्यक्रममा समितिका सल्लाहकार ऋषिराम जमरकट्टेलले धन्यवाद मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.