युवा स्वास्थ्यकर्मीद्वारा घरमै मेडिकल सेवा

काठमाडौं । कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीले सेवाग्राहीको लागि घरमै गएर पिसिआर परिक्षण र कोभिडको उपचार व्यवस्थापन गर्ने कार्य सुरु गरेका छन् ।

यस सेवामार्फत पिसीआर टेस्टको घरबाटै सुबिधा लिन सकिने छ । काठमाडौं, भक्तपुर, ललितपुर र चितवनमा यो सेवा उपलब्ध छ ।
सेवा व्यवस्थापन मा काठमाडौं र चितवन गरी २५ जनाको समुह छ। त्यस्तै, मेडिकल सेवामा भने ५ जना Consultant Doctor , 5  जना MBBS doctor, १० जना नर्स, १ सिरियर ल्याब र अन्य सहयोगी छन् ।

यो समुहले विभिन्न प्याथोलोजि ल्याब, मेडिकल सेन्टर तथा अस्पतालहरुसँगको सहकार्यमा यो सेवा प्रदान गर्दै आएको छ।
टीमले देश भरका सेवाग्राहीहरुलाई मध्यनजर गर्दै फोन मार्फत र सामाजिक संजालमा भिडियो कल गरेर टेली—मेडिकल सेवाको पनि व्यवस्था गरेको बताइएको छ।

footwear zone

कुनै पनि मेडिकल सेवाको लागि सेवाग्राहीले ९८४३७०६१२० मा फोन वा भाइवर, ह्वाट्सएप मार्फत सम्पर्क गर्नसक्ने छन्।
आगामी दिनहरुमा मेडिकल सेवा र सुविधालाई देशभरि नै विस्तार गर्ने योजना टीमको छ ।

यो टीम कुनै पोलिक्लिनिक, अस्पताल वा मेडिकल सेन्टर नभई यो एउटा लायन्सको समुह हो । जसले मेडिकल क्षेत्रका सरोकारवाला संस्थाहरुको समन्वयमा स्वास्थ्य सेवालाई घर–घरमै पुर्याउने काम गर्दछ।

You might also like

Comments are closed.