पोखरा । बतास फाउण्डेसनको अग्रसरतामा पोखरामा निर्माण हुन लागेको अक्सिजन प्लान्टका लागि सहयोग संकलन अभियान जारी छ । फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले सहयोग संकलन उत्साहजनक रुपमा अगाडि बढिरहेको जानकारी दिए ।
‘अक्सिजन प्लान्टका लागि सय रुपैयाँदेखि लाखौँं रुपैयाँसम्म सहयोग प्राप्त भइरहेको छ,’ उनले भने । यसैक्रममा अक्सिजन प्लान्टमा सबैको सहयोगलाई समावेश गर्ने लक्ष्यसहित फाउण्डेसनले ‘रु १०० दान गरौं, माहामारीमा प्राण राखौं’ अभियान सञ्चालन गरेको छ । ‘यो अभियान अन्तर्गत सहयोग रकम खातामा जम्मा हुने क्रम जारी छ,’ बतासले भने, ‘अस्पतालमा अक्सिजन प्लान्ट र कन्स्ट्रेटर बैंक स्थापनाको अभियानमा जुटौं ।’
नोटः रकम सहयोग गर्नका लागिः Batas foundation : Acount Number 6501010000477, Global IME Bank, Pokhara






Comments are closed.