पोखरा । करुणा फाउण्डेसन नेपालले थप १ सय १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना महामारी बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको अवस्थामा फाउण्डेसनले चीनको बेइजिङबाट ती सामग्री मगाएर सहयोग गरेको हो ।
नेपाल एयरलाइन्सको विमानद्वारा चीनबाट ल्याइएका यी सामग्रीहरु स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सहित देशभरका विभिन्न अस्पताललाई हस्तान्तरण गरिएको छ । यी सामग्रीहरु संस्थाका अध्यक्ष प्रा. डा. भगवान कोइराला तथा कार्यकारी निर्देशक दीपक राज सापकोटाले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । स्वास्थ मन्त्री हृदयेश त्रिपाठी र मन्त्रालयका सचिव लक्ष्मण अर्यालको उपस्थितिमा यी सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४० थान, सुदुरपश्चिम अस्पताल धनगढीलाई ५ थान, टिकापुर अस्पताल कैलालीलाई ५ थान, लम्की अस्पताल कैलाली ५ थान, महाकाली अञ्चल अस्पताललाई ५ थान, जिल्ला अस्पताल अछामलाई ५ थान, बयलपाटा अस्पताल अछामलाई ५ थान, इच्छा मनकामना अस्पताल चितवनलाई २ थान, आँबु खैरेनी अस्पताल तनहुँलाई २ थान हस्तान्तरण गरिएको कार्यकारी निर्देशक दीपक राज सापकोटाले जानकारी दिए ।

प्रदेश १ सरकारमार्फत भोजपुर, धनकुटा, पाँचथर, इलाम, सँखुवासभा जिल्ला अस्पतालहरुलाइ ३/३ थान, कोशी अञ्चल अस्पताललाइ १० थान र सुनसरी जिल्ला अस्पताल इनरुवा ५ थान हस्तान्तरण गरिएको छ । संस्थले यस अगाडि ४५ थान अक्सिजन कन्सन्ट्रेटरहरु विभिन्न अस्पतालहरुलाई सहयोग गरिसकेको छ ।

करुणा फाउन्डेसन नेपाल मातृशिशु स्वास्थ्य कार्यक्रम मार्फत अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाको क्षेत्रमा प्रदेश १ भर कार्यररत छ । कोभिड प्रतिकार्यका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता महशुश गरी स्वास्थ्य सामग्री जुटाइएको सापकोटाले बताए ।
‘यस विषम परिस्थितिमा बिरामीहरुको ज्यान जोगाउन तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न करुणा फाउण्डेसन नेपालले नेदरल्याड्सका विभिन्न संस्था तथा व्यक्तिहरुमार्फत आर्थिक सहयोग जुटाएर सहयोग गरेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको यस घडीको कर्तव्य निवारणलाई संस्था सलाम गर्न चाहन्छौं ।’




Comments are closed.