पोखरा । कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड हस्पिटलका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्न फोर्स मोटर्सको जिप हस्तान्तरण गरिएकोे छ । फोर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले बिहीबार एम्बुलेन्स निःशुल्क हस्तान्तरण गरेको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई प्रालिका अध्यक्ष ध्रुवबहादुर थापा र निर्देशक मिलन थापाले फोर्स जिप हस्तान्तरण गरेका हुन् । यस अगाडि थापाले २ वटा जिप नेपाली काँग्रेस कास्की र एउटा जिप पोखरा जेसिजलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न हस्तान्तरण गरिसकेका छन् ।
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल र पोखरा महानगरपालिकाको अग्रसरतामा हस्पिटल सञ्चालनमा आउन लागेको हो । साविक लेखनाथ नगरपालिकाको भवनमा सय बेड क्षमताको हस्पिटल सञ्चालन हुनेछ ।

कोभिड महामारीको समयमा बिरामीलाई हस्पिटलसम्म पुर्याउने सेवा निःशुल्क प्रदान गर्न जिस सहयोग गरिएको अध्यक्ष थापाले बताए । ‘कोभिड अवधिभर प्रयोग गर्ने गरी प्रालिका तर्फबाट एम्बुलेन्स सहयोग गरिएको हो,’ उनले भने ।





Comments are closed.