काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ६.३७ अंकले बृद्धि भइ २७८७.१८ विन्दुमा पुगेर बजार बन्द भएको छ । बिहीबार कारोबारमा आएका २१४ कम्पनीका २ करोड १३ लाख ३ हजार भन्दा बढी सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३० करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ । बिहीबार सेन्सेटिभ तर्फपनि २.८३ अंकले सेयर मूल्यमा बृद्धि भइ ४९८.९७ विन्दुमा कारोबार बन्द भएको छ ।
साताको तेस्रो दिन मंगलबारसम्म लगातार बढेको नेप्सेमा बुधबार केही करेक्सन भएको थियो । बुधबार १३.०९ प्रतिशतले करेक्सन भइ नेप्से २७८०.८१ विन्दुमा बन्द भएको थियो ।
बिहीबार बैंकिङ, विकास बैंक, फाइनान्स, म्युचुअल फण्ड र अन्यको सेयर मूल्य बृद्धि भएको छ । ट्रेडिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, ननलाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स, इन्भेष्टमेन्टको मूल्य घटेको छ ।

मञ्जुश्री फाइनान्स र गुडविल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ । समता लघुवित्त, गोर्खाज फाइनान्स, युनाइडेड इदिमर्दी आरबि हाइड्रोपावर, जानकी फाइनान्स लि., गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बृद्धि भएको छ । पाँचथर पावरको सेयर मूल्य सबैभन्दा बढी ६.५६ प्रतिशतले घटेको छ । नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३४ करोड भन्दा बढी सेयर खरिदबिक्री भएको छ ।




Comments are closed.