माछापुच्छे« महिला समूहको अध्यक्षमा सुशीला श्रेष्ठ

 

 

पोखरा, १५ भदौ । माछापुच्छे« महिला समूहको प्रारम्भिक साधारणसभा तथा प्रथम अधिवेशनका साथै तिजको दर खाने कार्यक्रम सम्पन्न भएको छ । सुशीला श्रेष्ठको अध्यक्षता तथा गण्डकी प्रदेश सांसद मिना गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकोे हो ।

कार्यक्रममा पोखरा १० का महिला सदस्य प्रतिभा पोखरेल, युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङ, कामना टोलका अध्यक्ष कृष्ण थापा, माछापुच्छ«े टोल विकास संस्थाका अध्यक्ष गणेश बहादुर खड्का, कामना टोल महिला समितिका अध्यक्ष सिमा गुरुङ, टोल विकास संस्था बगर महिला समितिका अध्यक्ष पवित्रादेवी गुरुङ लगायतको उपस्थिती थियो ।

footwear zone

अधिवेशनले सुशीला श्रेष्ठको अध्यक्षतामा नयाँँ कार्यसमिति चयन गरेको छ । जसकोे उपाध्यक्षमा कमला गुरुङ, सचिव जुनमाया बोहोरा, कोषाध्यक्ष मञ्जु थापा सापकोटा, सहसचिव लक्ष्मिी खड्का, सहकोषाध्यक्ष गंगी पनेरु, सदस्यहरु शान्ति श्रेष्ठ, डिलसुब्बा गुरुङ, शान्ति पौडेल आचार्य, चन्द्रकला श्रीष मगर, रेखा थापा, तारा कार्की, लक्ष्मी भुजेल रहेको निर्वाचन मण्डल संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष कमला गुरुङ र संचालन सचिव जुनमाया बोहोराले गरेका थिए ।

You might also like

Comments are closed.