कोभिड नियन्त्रण अभियानमा सक्रिय बन्दै इक्यान, सहायता कोष र कक्ष सञ्चालन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढिरहेको अवस्थामा यसलाई आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने अभियानमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) जुटेको छ । इक्यान केन्द्रीय कार्यसमितिले संघका सदस्य तथा उनीहरुका परिवारसहित नेपाली नागरिकहरु संक्रमित भएको अवस्थामा उपचार तथा राहत प्रदान गर्ने गरी कोष स्थापना गरेको छ । संघका उपाध्यक्ष शेषराज भट्टराईको संयोजकत्वमा इक्यान कोभिड सहायता कोष अभियान र महासचिव दीपकराज भुसालको संयोजकत्वमा इक्यान कोभिड सहायता कक्ष सञ्चालन गर्ने निर्णय गरी कोभिड नियन्त्रण अभियानमा इक्यान सक्रिय बनेको अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

‘देशमा क्रियाशील शैक्षिक परामर्शदाता कम्पनीहरुको ठुलो छाता संगठन इक्यानले आफ्नो सामाजिक उत्तरदायित्वलाई गम्भिरतापुर्वक वोधगरि कोरोना महामारीको विषम परिस्थिस्तिमा आफू र सम्वद्ध सबै सदस्य संस्थाहरुको तर्फबाट योजनाबद्ध पहलकदमीको अभियान आरम्भ गर्ने निर्णय भएको छ,’ अध्यक्ष पाण्डेले भने ।

इक्यान कोभिड सहायता कोष अभियानले इक्यान, यसमा आवद्ध सदस्य तथा अन्य क्षेत्रका दाता संस्था एवं व्यक्तिहरुबाट आर्थिक सहायता रकम संकलन गरी इक्यान कोभिड सहायता कक्षमार्फत परिचालन गरिने ईक्यान केन्द्रीय द्वितिय उपाध्यक्ष एवं इक्यान कोभिड सहायता कोषका संयोजक शेषराज भट्टराईले जानकारी गराए ।

footwear zone

इक्यान कोभिड सहायता कक्षमार्फत संक्रमणको परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ, चिकित्सकीय परामर्श, एम्वुलेन्स सेवा, अस्पताल भर्ना, अक्सिमिटर, रेमडिसिभिर लगायतका मेडिकल सप्लाइज, अक्सिजन सिलिन्डर र कन्सन्ट्रेसन, रगत, प्लाज्मा तथा कोभिड विरुद्ध खोप व्यवस्थापन र कोरोना पोजेटिभ बिरामीलार्ई आपतकालीन सबै सहयोगका क्षेत्रमा परिचालन गरिने इक्यानका महासचिव एवं इक्यान कोभिड सहायता कक्षका संयोजक दीपकराज भुसालले बताए ।

‘इक्यान कोभिड सहायता कक्षमार्फत सञ्चालन गरिने सबै सेवाहरु इक्यानका सदस्य तथा उनीहरुका परिवारजन लगायत अन्य आम नागरिकहरुलाई समेत यथासम्भव उपलव्ध गराइनेछ,’ महासचिव भुसालले भने । इक्यान कोभिड सहायता कोष अभियान सञ्चालन गर्न इक्यान केन्द्रीय कोषबाट २ लाख ५१ हजार रुपैयाँ उपलव्ध गराई कोषको शुभारम्भ गरिएको छ । ‘इक्यान केन्द्रीय समिति आफ्ना सबै सदस्य संस्थाका सञ्चालकहरु, आवद्ध कर्मचारी वर्ग लगायत इच्छुक महानुभावहरुलाई यस सहायता कोषमा यथासक्य आर्थिक सहयोग गरी विपतको घडीमा हातेमालो गर्न हार्दिक अपिल गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सहयोग गर्न चाहनेहरुका लागि बैंक खाता निम्न अनुसार रहेको नेपाल शैक्षिक परामर्श संघ इक्यानले जनाएको छ ।

खाताको नामः नेपाल शैक्षिक परामर्श संघ

खाता नं. : ३९०१०१००००५३३,  बैंकः ग्लोबल आइएमई बैंक, अनामनगर शाखा, काठमाडौं नेपाल

SWIFT CODE: GLBBNPKA, Esewa ID : 9841360720

You might also like

Comments are closed.