गण्डकी प्रदेश चेम्वरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा । गण्डकी प्रदेश चेम्वर अफ कमर्सले जिल्ला प्रशासन कार्यलय कास्कीलाई १ सय थान पीपीइ र ४ हजार थान मास्क हस्तान्तरण गरेको छ ।

कास्की जिल्ला प्रदेशको राजधानी र स्वास्थ्य उपचारमा सवै जिल्ला वाट विरामी पोखरा आउने हुँदा आम नागरिकको जीवन रक्षामा सेवा दिइरहेको स्वास्थ्यकर्मी र सेना प्रहरीको मनोवल वढाउन सानो सहयोग भए पनि सवैमा हौसलाहोस भनी सहयोग गरिएको गण्डकी प्रदेश चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारले जानकारी दिए ।

गण्डकी प्रदेश चेम्वर अफ कमर्सले प्रदेश भरि अक्सीजनको अभाव लाई मध्यनजर गर्दै जिल्ला चेम्वरहरुको सहयोगमा सवै जिल्लामा अक्सिजन आपूर्तिमा समेत समन्वय गरिरहेको अध्यक्ष सुनारले जानाकारी दिए । कहि कतै कुनै जिल्लामा अक्सिजन आर्पूर्तिमा असहजता भए सहजताको लागी सहयोग गर्ने समेत अध्यक्ष किसान सुनारले बताए ।

footwear zone

You might also like

Comments are closed.