काठमाडौं । कोरोना महामारीका कारण पुर्वाधारको अभाव झेलिरहेका अस्पताललाई बतास फाउन्डेसनले सहयोग गरेको छ । दमौली अस्पताललाई १९ लाख रुपैयाँ बराबरको १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिसकेको छ । कन्सन्ट्रेटर बतासका सदस्य मोहन बतासले अमौली अस्पतालका कार्यकारी निर्देशक डा. सुनिल पौडेललाई हस्तान्तरण गरेका हुन् ।
त्यसैगरि बतासको भगिनी संस्था बिपिएस पेट्रोलियका प्रवन्ध संचालक शिव अर्यालले देवचुलीको दुम्कौली कोभिड अस्पताललाई ३ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर र बन्दिपुर आधारभुत स्वास्थ्यचौकीलाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।
आइआरडब्लु नेपालको को साझेदारीमा नौकुण्ड गाउँपालिकाका कोभिड प्रभावित ४ सय परिवारलाई खाद्यान्य वितरण गरिने बताइएको छ ।
१३ लाख रुपैयाँ बराबरको खाद्यान्य प्याकेज सहयोग गर्ने तयारी गरेको छ । प्याकेजमा २५ के जि चामल, चिनी, नुन २ के जी, तेल र सावुन रहने छन् ।

फाउन्डेसनले रसुवा जिल्लाको नौकुण्ड अस्पतालमा १२ लाख रुपैयाँ बराबरको ५० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री सहयोग गर्ने बतास फाउन्डेसनकाकन्ट्री म्यानेजर निर्मल भण्डारीले जानकारी दिए । कुल करिव ४८ लाख रुपैयाँ बराबरको सहयोग गर्नेे उनले बताए ।





Comments are closed.