एल आई सीको घुम्ती रक्तदानमा ८० युनिट रगत संकलन

पोखार । एल आइ सि नेपाल बीमा अभिकर्ता संघ शाखा समिति पोखरा र लेखनाथ शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कोभिड १९ को विषम परिस्थीतीमा पोखरामा देखिएको रगतको अभावलाई ध्यानमा राख्दै गरिएको घुम्ती रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको छ ।

रगत कै अभावले कोही पनि विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेस्यले रत्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा पोखराका विभिन्न ८ स्थानमा कार्यक्रम गरिएको थियो ।

लेखनाथको तालचोकबाट सुरु भएको रत्तदानको अभियानमा पहिलो रक्तदाता शिक्षासेवी तथा डायमण्ड मा विका प्राचार्य यम बहादुर रोक्कालाई ब्लड ब्याग हस्तान्तरण गर्दै बीमा अभिकर्ता संघ शाखा समिति पोखराका अध्यक्ष रामप्रसाद आचार्यले अभियानलाई सफल पार्न स्वास्थ्यका मापदण्ड पालन गर्दै सहभागी हुन सवैमा अनुरोध गरेका थिए ।

footwear zone

‘रक्तदान जिवन दान,जिवन दान महादान’ भन्ने मुल नाराका साथ संचालन गरिएको अभियान लेखनाथको कालिकाचोक, पोखराको खसिवजार, घलेचोक, विरौटा, आलुमाईलाचोक हुदै अर्चलबोट र तेर्सापट्टिमा पुगी समापन गरिएको हो ।

You might also like

Comments are closed.