किया गाडीको सोरुम शिवचोकमा

आर्थिक आवाज
पोखरा, १८ भदौ ।

संसारको प्रशिद्ध ब्राण्ड किया गाडीको लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता एस ओभरसिजको पोखरा सोरुम सोमबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ । कियाको नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ग्रुपका अध्यक्ष सुरित घिमिरे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे र एस ओभरसिजका अध्यक्ष विश्वबन्धु थापाले शोरुम संयुक्त उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै घिमिरेले किया ब्राण्डका गाडीहरु संसारभर लोकप्रिय रहेको बताउँदै नेपालमा पनि किया प्रति आकर्षण वर्षेनी बढिरहेको जानकारी दिए ।

footwear zone

पोखराको शिवचोकमा आधुनिक शोरुम स्थापना गरी किया गाडी बिक्री सुरुवात गर्न सफल भएको ओभरसिजका अध्यक्ष विश्वबन्धु थापाले जानकारी दिए । ‘किया गाडीका लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेताको जिम्मेवारी एस ओभरसिजले पाएपछि किया गाडी पोखरा क्षेत्रमा अझ बढी प्रशिद्ध भएको हामीले महसुस गरेका छौं,’ थापाले भने, ‘आधुनिक शोरुमबाट किया गाडी बिक्री सुरुवात गरेका छौं ।’

 

२५ लाख रुपैयाँदेखि १ करोड २० लाख रुपैयाँसम्मका कियाका गाडीहरु पोखरामा बिक्री भइरहेका छन् । मध्यमदेखि उच्च वर्षसम्मका व्यक्तिहरुलाई लक्षित गरी कियाका गाडीहरु बजारमा आइरहेका छन् । कियाले नेपाली बजारमा इलेक्ट्रिक गाडी पनि बिक्री गरिरहेको छ । इलेक्ट्रिक गाडीमा विशेष आकर्षण देखिएको थापाले बताए । ‘कियाका गाडी लक्जरियस भएकाले धेरैको रोजाईमा पर्छ,’ उनले भने ।

कियाको सर्भिस सेन्टर शिवचोकमा नै छ । बिक्री पछिको सेवालाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गरिने थापाले बताए । कोरियाबाट उत्पादन भएर आइरहेका सस्तो रेन्जका क्रियाका गाडीहरु सन् २०१९ देखि भारतबाटै उत्पादन गरी नेपाल ल्याउने तयारी भइरहेको छ । अत्याधिक रुचाइएको कियाको स्पोर्टिज गाडीको मूल्य ६५ लाख ९० हजार रुपैयाँबाट सुरु छ । कम्पनीका एजिएम मञ्जित पोखरेल, निर्देशक आशिष पौडेल लगायतले किया गाडीका विशेषताहरुका बारेमा जानकारी दिएका थिए ।

You might also like

Comments are closed.