अवैधरुपमा जुवामा लगानी गरिए कारबाही

 

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार नगर्न अपिल गरेको छ ।

footwear zone

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी नेपालमा केही समययता उक्त साइटका नाममा अवैध जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोवार भइरहेको जनाउदै त्यसो नगर्न अनुरोध गरेको छ ।

‘‘यस्ता कार्य विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५को उपदफा (ज्ञ) को खण्ड (ख) को व्यवस्थाविपरीत भएकोले तत्काल त्यस्ता गतिविधि बन्द गर्न, त्यस्ता विज्ञापन तथा भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ ।’’ विज्ञप्तीमा भनिएको छ । मन्त्रालयले अन्यथा कानूनबमोजिम कारबाही हुने जनाएको छ ।

You might also like

Comments are closed.