दुवै आँखा नदेख्ने नाबालकका परिवारको अपिल, नयाँ जीवनकाे आशा

दोलखा ।

दुवै आँखा देख्न नसक्ने भएर पीडित बनेका कालिञ्चोक गाउँपालिका–६ धराम्थाली निवासी १० वर्षीय दीपक थामीले नयाँ जीवन पाउने आशामा सहयोगको अपेक्षा गरेका छन् ।

दुवै आँखा रातमा मात्र अलि अलि देख्ने र दिनमा नदेख्ने हँुदा उनी अहिले जीवनमरणको दोसाँधमा बाँचिरहेका कारण उपचारका लागि सहयोग गरेर नयाँ जीवन दिलाई दिन बाबु डिल्ली थामीले अपिल गरेका छन् । बुबा डिल्लीकुमार र आमा कल्पनाको कोखबाट जन्म लिएका दीपक सानो उमेरमा नै सधैँ अन्धकार दिनसँग लडिरहेको छन् ।

footwear zone

पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पतालमा जाँच गर्न पुग्दा चिकित्सकले दुवै आँखाको उपचारपछि मात्र देख्न सक्ने सल्लाह दिएको तर धेरै खर्च लाग्छ भनेपछि सहयोगको अपिल गरेको बताइएको छ ।

दुवै आँखा उपचारलाई रु आठ लाखसम्म आर्थिकको जोहो गर्न चिकित्सकले भनेको बाबु डिल्लीकुमारले बताए । उनले छोराको उपचारका लागि सहयोग गर्न सार्वजनिक रुपमा आग्रह गरेका छन् । दीपकको नाममा रहेको सिद्धार्थ बैंकको खाता नं ०३६१४०००९०४ मा रकम जम्मा गर्न सकिने बताइएको छ । रासस

You might also like

Comments are closed.