बुटवल । दुवै मृगौला खराब भएर उपचाररत बुटवलकी युवती आयुषा पाण्डेलाई त्यहाँका युवाहरुले सहयोग गरेका छन् । २६ वर्षीया पाण्डेको उपचारका लागि उनीहरुले ६७ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
जबिन कक्षपती, पंकज ज्ञवाली, तुलसी घिमिरे, दिलीप गौचन, महेन्द्र रायमाझी, भानु केसी, भरत राना, अर्जुन पौडेल, भीमराज श्रेष्ठ, सुरज खत्री, नगेन्द्र घिमिरेले उनलाई आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम होटल दा फ्लेमिंगो बुटवलमा शनिबार हस्तान्तरण गरिएको हो ।
संघीय योजना कार्यान्वन ईकाई कार्यालयमा करारमा कार्यरत पाण्डेको स्थायी घर कन्चन गाउपालिका वडा नं ५ हो ।

आर्थिक अवस्था कमजोर रहेकाले थोरै भएपनि उपचारमा सहयोग पुग्ने विश्वासका साथ पाण्डेलाई सहयोग गरिएको युवा व्यवसायी दिलीप गौचनले बताए ।




Comments are closed.