औषधी व्यवसायी संघ गण्डकी प्रदेशद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

पोखरा । औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने संचारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

पत्रकार महासंघ गण्डकी प्रदेशको सभाहलमा उपस्थित पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, सचिव यदुनाथ बञ्जारा र महासंघ कास्की शाखा अध्यक्ष विमला भण्डारीलाई संयुक्त रुपमा औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, महासचिव केशरी तिवारी, जिल्ला अध्यक्ष विक्रम पन्तले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।

औषधी व्यवसायी संघले सर्जिकल मास्क, सेनिटाइज, भिटामिन ट्याव्लेट, सिटामोल, जिंक चक्की उपलव्ध गराएका छन् । व्यवसायीले फिल्डमा खटिनेदेखि कोरोना भई आइसोलेसनमा वसिरहेका पत्रकारहरुलाई समेत लक्षित गरी सहयोग उपलव्ध गराएका हुन् ।

footwear zone

स्वास्थ्य सामग्री हस्तान्तरणका क्रममा वोल्दै औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले अग्र पंक्तिमा खटिने पत्रकारहरुलाई सुरक्षित राख्न सकिन्छ कि भन्ने ध्येयले व्यवसायीहरुको सहयोगमा स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराइएको वताए । सामग्री ग्रहण गर्दै महासचिव गोविन्द सुवेदी र जिल्ला अध्यक्ष विमला भण्डारीले धन्यवाद व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.