स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण

मोरङ ।

हिमालय दर्शन कलेजले शैक्षिक गतिविधिसँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य तथा खाद्यन्न सामग्री वितरण गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीको नेतृत्वमा निषेधाज्ञाको अवधिमा भोकालाई गरीबहरुलाई खाना खुवाउने, गरीबलाई खाद्यान्न सामग्री वितरण गर्ने सङ्घसंस्था लगायतलाई स्वास्थ्य तथा खाद्यान्न सामग्री आज वितरण गरेको छ ।

कलेजले कोशी अस्पताल ओसिएमसी वार्डका लागि दुई हजार थान सर्जिकल मास्क र स्यानिटाइजर वितरण गरेको छ । विक्की कार्कीको नेतृत्वमा पोखरियाका युवाहरुले भोकालाई खाना खुवाउने अभियानलाई १० बोरा चामल तथा ग्रामीण भेगका विपन्न परिवारलाई राहत वितरण गर्दै आएको जहदाको लक्ष्मीनिया युवा क्लबलाई पाँच बोरा चामल वितरण गरिएको कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिए ।

footwear zone

कलेजका क्याम्पस प्रमुख सापकोटा, निर्देशकहरु शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खड्का र कलेजका संस्थापकहरुले उक्त खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेका हुन् । कोरोना महामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधिलाई रोकेर अहिले सामाजिक कार्य गर्दै आएको हो ।

You might also like

Comments are closed.