रोटरी क्लब अफ पोखरा न्युरोडद्धारा रेनकोट बितरण

पोखरा, २४ भदौ ।

बर्षायाममा बर्षाको कारणले शिक्षक शिक्षिका स्कुलमा उपस्थित नभई पठन पाठनमा समस्या नहोस भन्ने उद्धेश्यले रोटरी क्लब अफ पोखरा न्युरोडद्धारा रोटरी डिस्ट्रिक्ट ३२९२ को टिच प्रोग्राम अन्तर्गत जनचेतन मा बि निर्मल पोखरी कास्कीका सम्पुर्ण शिक्षक शिक्षिकाहरुलाई एक कार्यक्रम बिच सोही स्कुलमा रेनकोट बितरण गरीएको छ ।

रोटरी सधै मानविय सेवामा जुटिरहने संस्था भएको बाताउदै सो स्कुलमा सोही क्लब बाट तुरुन्तै छात्रा सौचालय निर्माण तथा जनरल हेल्थ क्याम्प गर्न लागीएको पनि क्लबका पब्लिक रिलेसन अफीसर रोटरीयन अना सोफीया ले जानकारी दिईन् ।

footwear zone

रोटरी क्लव अफ पोखरा न्युरोडका अध्यक्ष रोटरीयन पुष्पकमल पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिब रोटरीयन राम बिक्रम अधिकारीले गरेका थिए । सो स्कुलका प्र अ निर्मल बहादुर अधिकारी, रोटरी क्लब न्युरोडका प्रेसीडेण्ट ईलेक्ट रोटरीयन दिनेश चन्द्र बास्तोला, सदस्य अब्राहम खान तथा सदस्य भुपेन्द्र गिरीको उपस्थिती रहेको पव्लिक रिलेसन अफिसर सोफीयाले बताईन् ।

You might also like

Comments are closed.