पोखरा । किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यले स्थापित अर्बन बजार यही असार १२ गतेदेखि सञ्चालनमा आउने भएको छ । पोखराका ४ जना युवा व्यवसायीहरुद्वारा सञ्चालित यस कम्पनीमा हालसम्म रु.१ करोड लगानी भइसकेको कम्पनीका अध्यक्ष तिलक लामिछानेले जानकारी दिए ।
मुख्तया कृषकहरुले उत्पादन गरेका तरकारी जन्य, दुग्धजन्य, फलपूmलजन्य, स्थानीय उत्पादन र मासुजन्य उत्पादनलाई सिघै उपभोक्तासम्म पु¥याउने योजना रहेको लामिछानेले बताए । डिजिटल युगमा दैनिक उपाभोग्य समान खरिद गर्न बजारसम्म जानुपर्ने बाध्यातालाई कम गर्न डिजिटल हाटबजारका रुपमा अर्बन बजार एउटा भरपर्दो विकल्पको रुपमा प्रवेश गर्न लागेको अर्का सञ्चालक दीपक सिंजालीले बताए । ‘किसानका जुनसुकै उत्पादनलाई ग्रेडिङ तथा प्याकिङ गरी मूल्य र उपभोग्य मिति सहितको लेबर टाँसेर बजार पठाउँछौं,’ उनले भने । अर्गानिक तथा नन अर्गानिक गरी तरकारी तथा फलपूmलको ग्रेडिङ गर्ने र गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने उनले बताए ।
कम्पनीमा उपलब्ध हुने कृषि उत्पादनहरु तरकारीदेखि फलपूmल, दुधजनय उत्पादन, स्थानीय उत्पादन, (गुन्द्रुक, मस्यौरा, गाभा, अचार, तामा तथा सुकाएका तरकारीहरु, मासुजन्य आदि उत्पादनहरु), कृषि औजारहरु, पशु आहारहरु, बिउ बिजन, बेर्ना लगायतका बस्तु तथा उत्पादन अर्बन बजारको वेवसाइट www.urbanbazaar.com.np तथा मोबाइल एप डाउनलोड गरी अर्डर गर्न सकिनेछ । टेलिफोनबाट पनि अर्डर गर्न सकिने सञ्चालक लामिछानेले जानकारी दिए ।

पहिलो चरणमा पोखरा र आसपासका क्षेत्रलाई लक्षित गरेर व्यवसायी सुरु गरिएको सञ्चालक बिजय बरालले जानकारी दिए । छिट्टै नेपालभरि यसका शाखाहरुद्वारा सेवा पु¥याउने लक्ष्य लिइएको उनले बताए । ‘सामान डेलिभरी गर्ने समय, पारदर्शिता, स्वास्थ्य सुरक्षा तथा सेवा एवं गुणस्तरमा गम्भिर छौं,’ उनले भने, ‘यो डिजिटल युग हो । अब भान्सामै बसेर अर्डर गर्न सक्नुहुन्छ र ग्राहकले चाहेको सामान भान्सामै पु¥याउने काम अर्बन बजारले गर्नेछ ।’ कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सामान डेलिभरी गरिने कम्पनीले जनाएको छ ।





Comments are closed.