झापा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विर्तामोडमा सहुलियत मूल्यमा चामल बिक्री गर्न शुरु गरेको छ । चालक किन्न स्थानीय उपभोक्ताको भीड लागेपछि कम्पनीले कुपन प्रणाली लागू गरेको जनाएको छ । कुपन प्रणालीबाट बिक्री वितरण व्यवस्थित गरिएको कम्पनीको प्रमुख देबेन्द्र राईले जानकारी दिए ।
निषेधाज्ञाको अवधिभर २० प्रतिशत छुट मूल्यमा चामल बिक्री गरिरहेको कम्पनीले जनाएको छ । कार्यालयबाट दैनिक २०० जनाले सहुलियतको चामल खरिद गरेर लैजाने गरेका छन् । गत जेठ २१ गतेदेखि २८० क्विन्टल चामल बिक्री भइसकेको छ ।

यसअघि ३० केजी सोना मन्सुली चामल रु=एक हजार ४१० मा बेच्ने गरिएकोमा अहिले सहुलियत दिएर रु।एक हजार १२८ मा बिक्री गरिरहेको कम्पनीले जनाएको छ । यसअघि रु।एक हजार ६२५ मा २५ केजीको स्टिम जिरा मसिनो चामल बिक्री हुने गरेकोमा सहुलियत दिएर अहिले रु।एक हजार ३०० मा विक्री गरिरहेको उनले बताए ।कार्यालयमा हाल १४ हजार ५०० क्विन्टल स्टकमा रहेको र यहाँबाट काठमाडौं, सुर्खेत, ताप्लेजुङलगायतका जिल्लामा चामल ढुवानी गरिदै आएको कम्पनी प्रमुख राई जानकारी दिए ।




Comments are closed.