थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप दुई हजार ७६८ जनामा कोरोना भाइरस ुंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ ।

थप ७ हजार ५६९ को पिसिआर परीक्षण तथा चार हजार ४६८ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ९६३ तथा एन्टिजेनबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ५ लाख ४९ हजार ६८२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४ हजार २० संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ५९ हजार ६२४ सक्रिय संक्रमित रहेका छन् ।

footwear zone

काठमाडौं उपत्यकामा पछिल्लो समय ५०८ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ३९४, ललितपुरमा ६० तथा भक्तपुरमा ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४४ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ६४१ पुगेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.